नियम
कारोबारको रकमको निर्धारण
कारोबार दर्ता गर्ने प्रयोजनको निमित्त कुनै कारोबारको रकमको निर्धारण सो कारोबारको विगत बाह्र महिनाको खरिद वा बिक्री मूल्यमध्ये जुन बढी हुन्छ सोको आधारमा गरिनेछ । दर्ता भएको व्यक्तिले कारोवार रकम पुष्ट्याइँ गर्ने अभिलेख कारोवार स्थलमा राख्नु पर्नेछ र कर अधिकृतले मागेको बखत देखाउनु पर्नेछ ।